Logo
Logo

इन्डोनेसियाको नेशनल प्रहरी प्रमुख कृष्ण मूर्ति नेपालमा


130
Shares

काठमाडौं । इन्डोनेसियाको नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्ति नेपाल आइपुगेका छन् ।

पाँचदिने भ्रमणका लागि बुधबार नेपाल आइुपगेका डिभिजन प्रमुख आईजीपी मूर्तिसहित ६ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक जनकराज भट्टराई लगायतले स्वागत गरेका छन् ।

भ्रमणको क्रममा आईजीपी मूर्तिसहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम छ ।

मूर्तिको टोली नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा छलफलका लागि आएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्