Logo
Logo

कपिलवस्तुमा घरभित्र मृत अवस्थामा भेटिए पतिपत्नी, अनुसन्धान गर्दै प्रहरी


234
Shares

कपिलवस्तु । कपिलवस्तुको वाणगंगास्थित एक घरमा पतिपत्नीको शव फेला परेको छ । वाणगंगा नगरपालिका–८ ढोडेकोल निवासी ६० वर्षीय टेकलाल भुसाल र उनकी ५५ वर्षीया श्रीमती जुठी भुसाल बुधबार बिहान घरभित्रै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुका डीएसपी हरि वलीका अनुसार बुधबार बिहान साढे ८ बजेतिर दूध लिएर गएका स्थानीयले पतिपत्नीलाई घरभित्र मृत भेला पारेपछि खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

डिएसपी वलीले भने, ‘पतिको शव भ¥याङमा झुन्डिएको अवस्थामा र पत्नीको शव घरभित्रै खाटमा फेला परेको छ ।’ पत्नीको शरीरका विभिन्न भागमा चोट देखिएको उनले बताए ।

घटनाको प्रकृति हेर्दा पतिले पत्नीको हत्यापछि आत्महत्या गरेको जस्तो देखिने प्रहरीले जनाएको छ । प्रहरीले घटना अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि मात्र घटनाबारे तथ्य पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्