Logo
Logo

उत्पादन र रोजगारीमा केन्द्रित बजेट आउँछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीमा केन्द्रित रहेर बजेट निर्माण भइरहेको बताएका छन् ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आशा जगाउने खालको बजेट आउने बताएका हुन् ।

‘सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रमअनुसार भरोसा र भविष्यप्रतिको आशा जगाउने बजेट आउँछ ।’

आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै बेरोजगारीलाई न्यूनीकरण गर्ने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्