Logo
Logo

पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु


1.6k
Shares

काठमाडौं । काठमाडौंको पुतलीसडकमा पिकअप भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ ।

बुधबार राति पुतलीसडकमा पिकअप भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा काठमाडौँ महानगरपालिका १२ का २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले पिकअप भ्यानका चालक भक्तपुरको लोकन्थली बस्ने सौरब बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्