Logo
Logo

जीबी राईको हत्या भइसकेको भन्दै भ्रम फैलाउने डिल्लीराम खनाल पक्राउ



काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको हत्या भइसकेको भन्दै भ्रम फैलाउने डिल्लीराम खनाल पक्राउ परेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राईको हत्या गराइसकेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा खनाललाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो ।

खनालले जीबी राई ‘हत्या’ सम्बन्धमा छानबिन होस् भनि नेपाल प्रहरीको वेबसाइटमा भिडिओ पठाएका थिए । छानविनका क्रममा फेक अकाउन्टबाट भिडियो पठाएको खुलेपछि खनाललाई पक्राउ गरिएको जिल्ला परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

मंगलबार पक्राउ परेका उनी अहिले परिसरको हिरासतमा छन् । उनीविरुद्ध अनुसन्धानका लागि प्रहरीले अदालतबाट ३ दिनको म्याद थपिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्