Logo
Logo

छात्रवृत्तिको विवरण पठाउन विद्यालयलाई काठमाडौं महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउन महानगरभित्रका सबै संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत् उक्त निर्देशन दिइएको जनाएका हुन् । नियमानुसार विवरण पेस नगर्ने विद्यालयलाई अनुमति रद्द या प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

विद्यालयले महानगरको पोर्टलमार्फत् फर्म भरी १० प्रतिशतले हुन आउने छात्रवृत्तिको संख्या भर्नुपर्ने छ । महानगरको विद्यालय शिक्षा नियमावलीअनुसार गत वर्ष ४ सय ६५ विद्यालयबाट १३ हजार भन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्