Logo
Logo

धादिङमा जलेर वृद्ध दम्पतीको मृत्यु



काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।आगलागीबाट स्थानीय ७४ वर्षका तेजबहादुर लामा र उनकी श्रीमती ७४ वर्षकै ठूली लामाको जलेर मृत्यु भएको हो ।

वृद्ध दम्पती घरमा एक्लै बस्ने गरेको र राति सवा १० बजे घरमा आगलागी हुँदा उनीहरुको जmेर मृत्यु भएको थाक्रे गाउँपालिका ५ का वडाध्यक्ष सन्तबहादुर तामाङले जानकारी दिए ।

तीन छोरा र तीन छोरी रहेका तामाङ दम्पतीमात्रै घरमा बस्थे । शव अहिले घटनास्थलमै रहेको र जिल्लाबाट प्रहरीको टोली आएपछि मुचुल्का उठाउने तामाङको भनाइ छ । उनीहरुको घरमा मकै पिस्ने विद्युतीय घट्ट रहेको र राति विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्