Logo
Logo

मोटरसाइकल घरको भित्तामा ठोक्किँदा दुई युवकको मृत्यु



काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–४ स्थित वडा कार्यालयनजिक भित्री सडकखण्डमा ना२२प ३४४४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

राति करिब ११ः५५ बजे उक्त मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किँदा रत्ननगर–३, बन्सीका १८ वर्षीय सुमित महतो र सोही ठाउँका २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार, मोटरसाइकलमा सवार उनीहरू दुवैजनाले हेलमेट लगाएका थिएनन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका निम्ति भरतपुर अस्पतालमा पुर्याइएपनि दुवैजनाको राति नै मृत्यु भएको हो ।

दुईमध्ये दुर्घटनाका बेला मोटरसाइकल कसले चलाएका थिए भन्ने खुलेको छैन । उक्त घरको भित्तामा समेत क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्