Logo
Logo

‘सिधा कुरा’ टिमविरुद्धको मुद्दा न्यायाधिशद्वय पौडेल र फुयालको इजलासमा



काठमाडौं । ‘सिधा कुरा डट कम’ विरुद्ध दायर ‘अदालतको अवहेलना’ सम्बन्धी मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

‘सिधाका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना लगायतविरुद्ध परेका रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि अदालतले विपक्षीको बयान लिएको थियो ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा नामक युट्युब च्यानल लगायतविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गराएका थिए । त्यसपछि ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित÷प्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरा टिमलाई आज बयानका लागि बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्