Logo
Logo

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश



काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाएका हुन् ।

१५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।
इलाममा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् भने बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्