Logo
Logo

पहुँचका भरमा अब माफी मिनाहा हुँदैन : गृहमन्त्री



रुपन्देही । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पहुँचका भरमा अब माफी मिनाहा हुने परिपाटी सदैका लागि बन्द हुने बताएका छन् ।

बिहीबार बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तास्थित क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा बोल्दै उनले दलका नेता र प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाले माफी मिनाहा गराउने सपना नदेख्न आग्रह गरेका छन् । राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने उनको भनाइ छ ।

उनले भने, ‘सामान्यतया कारागार जीवन बिताएर घर फर्केकाहरूको पुनर्स्थापनामा समस्या हुने गरेको छ । त्यस विषयमा सरकार संवेदनशील छ ।’ कारागारभित्र मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले कारागारमा आधारभूत स्वास्थ्य, शिक्षा जस्ता विषयहरूमा सरकारले व्यवस्था गर्ने बताए ।

केही वर्षअघि आधुनिक भवनसहितको क्षेत्रीय कारागार निर्माण भए पनि प्रयोगमा आउन सकेको थिएन । जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो । जिल्लासँगै केन्द्रको समेत चासो र नीतिगत व्यवस्थाको विषय बनेको नौवस्ता कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो ।

नेपालगन्जमा कारागारमा तेब्बर कैदी बन्दी रहेको अवस्थामा क्षेत्रीय कारागार सञ्चालनले अब त्यसको उचित व्यवस्थापन हुने विश्वास व्यक्त गरिएको छ । दरबन्दी स्वीकृत भएसँगै उक्त कारागारमा नेपालगन्जस्थित कारागारका केही कैदी र अन्य जिल्लाबाट थप कैदी स्थानान्तरण गरी सञ्चालन गरिने तयारी कारागार व्यवस्थापन विभागको रहेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्री, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी लगायत बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्