Logo
Logo

गण्डकीमा राप्रपाले एमाले सरकारलाई नसघाउने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकीमा एमाले सरकारलाई नसघाउने भएको छ । वर्तमान सत्ता गठबन्धनसँग दुरी राख्ने रणनीतिलाई राप्रपाले निरन्तरता दिने भएको हो ।

बाहिर चर्चा भएजस्तो गण्डकीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने कुनै पनि सम्भावना नरहेको राप्रपाका एक नेताले बताए । गण्डकीमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने अभिव्यक्ति दिएका थिए । तर, पार्टी नेतृत्वले उनलाई त्यस्तो निर्णय नलिन सचेत गराइसकेको ती नेताको भनाई छ ।

आफ्नो आगामी कार्ययोजना तय गर्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई दिन देखि बसिरहेको छ । सो बैठकमा उपचुनावको निराशाजनक नतिजादेखि पार्टीले गर्ने भावी आन्दोलनका विषयसम्म छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्