Logo
Logo

एमाले बर्दियाको अध्यक्षमा पौडेल निकट अधिकारीको प्यानलै विजयी



काठमाडौं । नेकपा (एमाले) बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीको प्यानल नै विजयी भएको छ । दुईपटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलनिकट अधिकारीको प्यानलै विजयी भएको हो ।

अधिकारी प्यानललाई एमाले उपाध्यक्ष पौडेल, पोलिटब्यूरो सदस्य तथा पूर्वमुख्यमन्त्री एवं जिल्ला इन्चार्ज लिला गिरी तथा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल (आरके)को पनि साथ थियो । श्रेष्ठलाई महासचिव शंकर पोखरेलले साथ दिएका थिए । अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत मात्र ल्याउन सके । त्यस्तै उपाध्यक्षमा प्रतिस्पर्धी कृष्ण गौतमलाई पराजित गर्दै दुर्गा ओली १७९ मतका साथ विजयी भएका छन् ।

सचिवमा पदम ढकाल तथा उपसचिवहरुमा लहनु थारू, संगीता थारू निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बुधबार बिहानै उम्मेदवारी दर्ताको सबै काम भए पनि बुधबार रातभर लगाएर मतदान भएको थियो । नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनेर निर्वाचनमा गएका थिए ।

श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री, उपसचिव लहनु थारू, मन्जु शर्माले उम्मेदवारी दिएकोमा एकजना उपसचिव लहनु थारू मात्रै विजयी भए । अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्