Logo
Logo

आशिफ शेख शून्यमा आउट



काठमाडौं । टी–२० सिरिजको चौथो खेलमा वेष्टइण्डिज ‘ए’ विरुद्ध नेपालका आशिफ शेख शून्यमा आउट भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा २ सय १० रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको हो ।

आजको खेल हारे नेपालले एक खेल अघि नै श्रृंखला गुमाउनेछ । टस हारेर पहिला ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो।

उसका आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका फ्लेचर ८४ रनमा अविजित रहे । उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

चार्ल्सले ५८ रनको योगदान गरे। ३० बल खेलेका उनले ६ छक्का र ३ चौका हिर्काए। फाबिआन एलेनले आउट नभई ३३ रन बनाए ।

नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसिले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्