Logo
Logo

न्युजिल्याण्ड पठाउने भन्दै ९ लाख लिएर भागेका कँडेल पक्राउ


882
Shares

काठमाडौं । बैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँ बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको हो ।

उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग ९ लाख लिएर फरार भएका थिए । थप अनुसन्धान र कारवाहीका लागी कँडेललाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्