Logo
Logo

सर्वोच्चमा सिधाकुराको टिमसँग बयान आज पनि


4.7k
Shares

काठमाडौं । सिधाकुरा डट कम अनलाइन र युट्युब च्यानलको टिमसँग बयानको क्रम आज (शुक्रबार) पनि जारी रहने भएको छ । अदालतको अवहेलना मुद्दामा सिधाकुराको टिमसँग सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले बिहीबारदेखि बयान लिइरहेको हो ।

बिहीबार बयान दिन सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना सर्वाेच्च पुगेका थिए । तर बिहीबार कँडेलको मात्र बयान सकिएकाले ढुंगानाको बयान आज हुने सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।

कँडेलले बयानका क्रममा विवादित अडिओको स्रोत ललितपुरको गोदावरी बस्ने राजकुमार तिमिल्सिनाले उपलब्ध गराएको बयान दिएपछि सर्वोच्चले तिमिल्सिनालाई समेत झिकाएको छ ।

उनलाई प्रहरीको सहयोगमा वैशाख २३ गते इजलासमा उपस्थित गराउन भनिएको छ । ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित÷प्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरा टिमसँग बयान लिइरहेको हो । यसअघि सर्वोच्चले सिधाकुराका विवादित सामग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्