Logo
Logo

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, यी हुन् एजेन्डा


504
Shares

काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा संसदीय दलका नेता तथा सचेतकसहितलाई बोलाइएको छ ।

संसदीय समितिका सभापति टुंगो लगाउने, बजेट अधिवेशन आह्वान गर्ने, संसद् गतिरोध अन्त्य गर्न सहमति जुटाउने लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत चैत १९ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिएपछि यही वैशाख १२ गते प्रदेशसभाको चालु १३औँ अधिवेशन अन्त्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्