Logo
Logo

एकीकृत समाजवादी चितवनको अध्यक्षमा नरेन्द्र कन्दङवा


504
Shares

चितवन । नेकपा एकीकृत समाजवादीको १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । पार्टीको बुधबारदेखि सुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वरी लामिछाने र गङ्गालाल लामा, सचिवमा हेमन्त कँडेल निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्