Logo
Logo

आईपीएलमा आज बैंगलुरु र गुजरात भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको ५२औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सको सामना गर्दैछ ।

खेल बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । बैंगलुरु अंक तालिकाको अन्तिम स्थानमा छ । यदि टोलीले आज हा¥यो भने आइपिएलको प्लेअफको दौडबाट बाहिरिने छ ।

दुवै टोली हेड टु हेड बराबरीमा छन् । यी दुई टोलीबिच अहिलेसम्म ४ वटा खेल भइसकेका छन् । जसमध्ये बैंगलुरुले २ खेल जितेको छ भने गुजरातले पनि २ खेल जितेको छ । दुई टोलीबिचको अन्तिम खेल यस सिजन अहमदाबादमा भएको थियो, जहाँ बैंगलुरु ९ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्