Logo
Logo

वेस्ट इन्डिज ‘ए’विरुद्धको अन्तिम खेलमा पहिले फिल्डिङ गर्दै नेपाल



काठमाडौं । टी–२० सिरिज अन्तर्गत वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो । यसैबीच नेपालले अघिल्लो खेलको टोलीमा रहेका दुई खेलाडी परिवर्तन गरेको छ ।

गुल्शन झा र करण केसी आजको खेलमा बेन्चमा छन् । उनीहरूका स्थानमा कमलसिंह ऐरी र ललित राजवंशीलाई ल्याइएको छ । यसअघि नै तीन खेलमा लगातार हार बेहोर्दै पाँच खेलको सिरिज गुमाइसकेको नेपाली टोली आजको खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ ।

नेपाली टीममा रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा, प्रतिश जिसी र सागर ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्