Logo
Logo

सहकारी ठगी प्रकरणबारे छानबिन गर्न संसदीय समिति बनाउन पहल भइरहेको छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणबारे संसदीय छानविन समिति बनाउन पहल भइरहेको बताएका छन् ।

शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा उनले उच्चस्तरीय छानविन समिति बनाउने विषयमा आगामी मन्त्रीपरिषद् बैठकमा ठोस निर्णय हुन सक्ने बताएका हुन् ।

‘सहकारीको जटिलता गम्भीर बनेको छ । अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ‚’ बैठकमा उनले भने, ‘कुनै नेतालाई ताकेर होइन‚ समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल भइरहेको छ ।’

उनले संसदको अधिवेशन आह्वान गरिएपनि प्रतिपक्षीले चल्न दिने नदिने निश्चित नभएको पनि बताए । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्