Logo
Logo

काठमाडौंका केही स्थानमा ६ दिनसम्म दैनिक ४ घण्टा विजुली जाने



काठमाडौं । काठमाडौँका केही ठाउँमा आइतबार देखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि भोलिदेखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको हो ।

कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । ६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिशरणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्