Logo
Logo

भारतसँग जोडिएको तीन सीमानाका बन्द गरिँदै



सिराहा । छिमेकी मुलुक भारत विहार राज्यको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा हुन लागेको लोकसभा निर्वाचनको सन्दर्भमा नेपाल–भारत सीमानाकाहरु आठ दिन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले शनिबार सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणको २५ वैसाखमा हुने निर्वाचनका लागि शनिबार (२२ वैसाख)को मध्यरातदेखि २५ वैसाखको मध्यरातसम्म नेपाल–भारत सीमा नाका बन्द रहने जनाएको छ ।

सूचनाअनुसार दोस्रो चरणअन्तर्गत ७ जेठमा हुने निर्वाचनका लागि ४ जेठको मध्यरातदेखि ७ जेठको मध्यरातसम्म सीमा नाका बन्द रहने छ । 

करिब दुई महिनाअघि भारत बिहारको मधुवनीमा सम्पन्न नेपाल भारतका सुरक्षा अधिकारीहरुको बैठकको निर्णयअनुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टि र माडर नाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए ।

बिहार मधुवनीस्थित जिल्ला मजिस्ट्रेट, कलक्टर कार्यालय ११ अप्रिल २०२४ को पत्रमार्फत् दुई चरणमा हुने निर्वाचनको ७२ घण्टा अगावैदेखि सीमा नाका बन्द गरिदिन अनुरोध आएकाले सोहीबमोजिम १२ वैसाखको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सीमा नाका बन्द गर्न लागिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्