Logo
Logo

राजेन्द्र लिङ्देनले गरे रक्तदान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८९ औं पटक रक्तदान गरेका छन् । शनिबार पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको उपत्यका विशेष कमिटीले गरेको कार्यक्रममा रक्तदान गर्दै उनले आफ्नो रक्तदानको संख्या ८९ पुर्याएका हुन् ।

कोरोना महामारीको समयमा बाहेक अरु समयमा आफूले नियमित रक्तदान गर्दै आएको लिङ्देनले बताए । ‘शरीर स्वस्थ भएपछि रक्तदान सुरु गरेको हककु, आज मैले ८९ औं पटक रक्तदान गरें’, अध्यक्ष लिङ्देनले भने ।

उनले आफ्नो जीवनमा गरौं गरौं लाग्ने काममध्ये रक्तदान पनि एक भएको बताए । दलको भ्रातृ संगठनले दलीय गतिविधि मात्रै होइन सिर्जनशील र रचनात्मक काम पनि गर्नुपर्ने भन्दै उनले आफ्नो दलको युवा संगठनले गरेको कामको प्रशंसा गरे ।

युवा संगठनका अध्यक्ष सुजित केसीले संगठनलाई देशभक्ति, मानवसेवा र समाजसेवामा समर्पित गरिरहेको र आउने दिनमा पनि यसलाई निरन्तरता दिने बताए । शनिबारको कार्यक्रममा ६३ जनाले रक्तदान गरेका उपत्यका विशेष कमिटीका अध्यक्ष संजय कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्