Logo
Logo

सोडारीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विशवासको मत दिन ढिला हतार नगर्न निर्देशन दिएका छन् ।

शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पाल र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँगको भेटमा अध्यक्ष ओलीले एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्न भनेका हुन् ।

नेता रावलले बालकोटमा भएको भेटवार्तामा अध्यक्ष ओलीले सोडारीलाई विश्वासको मत दिने सन्दर्भमा हतार नगर्न भनेको बताए । बझाङ उपनिर्वाचनमा निर्वाचित एमालेका दमनबहादुर भण्डारीले बुवाको किरियाकर्म सकेर शपथ ग्रहण गरेपछि विश्वासका सम्बन्धमा निर्णय लिइने नेता रावलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्