Logo
Logo

ललितपुरको बाफलमा आगलागी, पाँचजना घाइते



ललितपुर । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी भएको छ । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीनजना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए ।

अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । किस्ट हस्पिटलनजिकै बाफल भन्ने स्थानमा भएको आगलागी नियन्त्रणका लागि दमकलसहित कमेकिलको समेत प्रयोग गरिएको छ ।

प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन् ।

घाइते भएका पाँचै जनाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए । प्रहरीका अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्