Logo
Logo

झगडा छुट्याउन गएका प्रहरीमाथि कुटपिट, ३ जना पक्राउ



काठमाडौं । प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

कुटपिटबाट घाइते भएका असई सिंहको नाकमा चोटपटक लागेको र पोखरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए । कुटपिटमा ढुंगासमेत प्रहार गरेको उनको भनाइ छ ।

प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २५ वर्षीया काजी गुरुङ, २४ वर्षीय सुदीप गुरुङ र २८ वर्षीय रविन गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्