Logo
Logo

जापानी विदेशमन्त्री काठमाडौंमा



काठमाडौं । जापानका विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेका छन् । एक दिने भ्रमणको क्रममा उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

विदेशमन्त्री योकोले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी आजै टोकियो फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्