Logo
Logo

कोटीभिटी विरुद्ध मुद्दा हाल्ने नवराज ढुंगानाको सरुवा



काठमाडौं । अमेरिकन कम्पनी कोटीभिटी विरुद्ध मुद्दा दायार गर्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सरुवा भएको छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले महानिर्देशक ढुंगानाको आन्तरिक सरुवा गरेको हो । नयाँ महानिर्देशकमा चक्र बहादुर बुढा पुगेका छन् ।

उनी पूर्व अर्थमन्त्री जनार्दन शर्माको पालामा बजेट महाशाखा हुँदै भन्सार विभाग महानिर्देशक बनेका थिए । महानिर्देशक ढुंगाना गत साउन २ गते ६०.७ किलो सुन समातेर चर्चा कमाएका थिए । तर अमेरिकी कम्पनी कोटीभीटी विरुद्ध १० अर्बको मुद्दा दायर गरेपछि विवादमा तानिएका थिए ।

महानिर्देशक ढुंगानाको सरुवा भैसकेको र बुढा आउने पक्का भइसकेको विभागका एक निर्देशकले जानकारी दिए । ढुंगाना भारतको कोलताकामा रहने महावाणिज्य दूत बन्ने योजना छ । यद्यपि महावाणिज्य दूत बन्नका लागि साउन महिनासम्म कुर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्