Logo
Logo

नक्कली कोमल वली देख्दा, सक्कली छक्क परिन्



उनीलाई अधिकांश दर्शक तथा स्रोताले वास्तविक नामबाट होइन, उपनामले चिन्छन् । उनको उपनाम हो– ‘कोमल वली’ वास्तविक नाम हो राधिका कँडेल ।

नेपाली कमेडीमा क्यारिकेचर गर्ने महिलाहरुको अभाव भइरहेको बेला यस क्षेत्रमा उदाएकी राधिका कँडेलले हाँस्य कार्यक्रम मुन्द्रे कमेडी क्लबमा गरेको सेलिबे्रटीहरुको क्यारिकेचरको निकै चर्चा हुने गर्दछ । यत्ति मात्र कहाँ हो र ? सामाजिक सञ्जालभरि उनले गरेको क्यारिकेचरहरुको क्लिपसहरु भाइरल भइरहेका छन् । दर्शक स्रोताहरुबाट आफनो कामको निकै प्रशंसा बटुलिरहेकी छिन् ।

पेशाले उनी पत्रकारिता गर्छिन् । लामो समयदेखि रेडियो अडियो एफएममा हाँस्य कार्यक्रम सञ्चालन गरिरहेकी उनको आफ्नै युट्युब च्यानल पनि छ । जहाँ उनी सेलीबे्रटीहरुको अन्तर्वार्ता लिने गर्छिन् । मिडिया क्षेत्रको मोहले उनले थापाथलीमा इन्जिनियर विषय पढ्दापढ्दै बीचैमा छाडेर पत्रकारिता पढेकी थिइन् । हाल यही विषयमा मास्टर गर्ने तयारीमा छिन् । उनै राधिका कडेलसँग रेजिना पाण्डेको जम्काभेट :

तपाईँलाई नक्कली कोमल दिदी भन्छन् नि ?
मैले धैरै सेलीबे्रटीहरुको नक्कल गरेर प्रशंसा पनि धैरै पाएँ । तर धैरै दशर्कहरुले विशेष कोमल वली दिदीको क्यारिकेचर मनपराइदिनुभयो । धेरै तारिफ र भ्युजहरु पनि बढे । साउद नक्कली कोमल वली दिदी भएर होला ।

कोमल दिदी रिसाउनुभयो कि उहाँको क्यारिकेचर गर्दा ?
छैन, उहाँ त झन खुसी हुनुभयो । उहाँकै अगाडि प्रत्यक्ष उहाँको क्यारिकेचर गरेको थिएँ, त्यो देखेर हाँस्नुभयो । अझ राम्रो गर, यस क्षेत्रमा तिम्रो भविष्य राम्रो छ भनेर हौसला बढाइदिनुभयो ।

धैरै सेलीबे्रटीहरुको क्यारिकेचर गर्नुभयो । तर धैरैले कोमल वलीको नै क्यारिकेचर बढी मनपराउनु भयो किन होला ?
होइन, मैलै गरेको तरकारी बाली सोविता गौतम राधिका जस्ता दुई दजर्न भन्दा बढी सेलीबे्रटीहरुको क्यारिकेचर गरेको छु । सबैको मन पराइदिनुभएको छ । तर कोमल वली दिदीको धैरैले क्लिप्सहरु बनाएर सामाजिक सञ्जालमा हाल्नुभएकोले बढी चर्चामा आएको हो ।

धैरै सेलीबे्रटीहरुको क्यारिकेचर गर्नुभयो, तपाईँसँग कोही रिसाएका छन् कि ?
रिसाएको चाहिँ होइन, तर नायिका सुष्मा कार्कीको क्यारिकेचर गर्दा चाहिँ कतिले कमेन्टमा भन्नुभएको थियो– उहाँको क्यारिकेचर चाहिँ नगर्नु भए राम्रो, तपाईँलाई अरु धैरै सेलीबे्रटीको क्यारिकेचर नै सुहाउँछ ।

धैरै काम गर्नुहुन्छ तपाईँलाई यो क्यारिकेचर गर्ने सोख कसरी आयो ?
म रेडियो अडियो एफएममा काम गर्दा हामी यस्ता काम गरिरहेका हुन्थ्यौँ । हाम्रो टिम यस्ता काममा सिपालु थिए म पनि, गरौँ भनेर गरेको मात्र हुँ चर्चा पनि खुबै भयो ।

क्यारिकेचर गर्न गाह्रो छ ?
छ नि के भन्लान् ? कस्तो होला सुहाउँछ सुहाउँदैन ? भन्ने त भइहाल्छ । तर मैलै यो काम रेडियो अडियोमा गरिरहेको भएर खासै फरक परेन । हो, रेडियामा स्वरमात्र भयो हाउभाउ देखाउन पाइएन र अनुहार चिनेनन् । टेलिभिजनमा अनुहार पनि देखाएकाले चिनिएको हो । दशर्कहरुले मैले गरेको र मन परेका भिडियोको क्लिप बनाएर सामाजिक सञ्जालमा हालिदिनुभएको कारण मैले चिनिने मौका पाएँ र भाइरल पनि भएँ ।

नेपालमा महिला क्यारिकेचर गर्ने को अवस्था कस्तो छ ?
मलाई जहाँसम्म लाग्छ महिला क्यारिकेचर गर्ने महिला नै छैनन जति छन्, औलामा गन्न सकिने मात्र छन । यसको विकास हुनु जरुरी छ । आफूसँग भएका प्रतिभा देखाउन सकियो भने धैरै महिलाको आर्थिक उन्नतिको विकास हुनेछ ।

कतिपयले प्रतिभा भएर पनि अवसर पाउँदैनन् नि ?
आजभोलि आफनो प्रतिभा देखाउन सजिलो माध्यमहरु छन्, सामाजिक सञ्जालबाट आफ्नो प्रतिभा देखाउन सक्छन् । हरेक क्षेत्रका धैरै जना यस्ता दिग्गज व्यक्तित्व हुनुहुन्छ, जो सामाजिक सञ्जालबाटै स्थापित भएका छन् । यसका उदारणहरु हामीमाझ धैरै छन् ।

घरपरिवारले अरुको नक्कल किन गरिस् भनेर गाली गरेका छन् कि ?
छैन, सुरुमा त हाँसे रमाइलो पनि गरे । अझ राम्रो गर्न सक्छौँ भन्दै हौसला दिनुहुन्छ ।

गीत गाउने रहर कसरी जाग्यो नि ?
साँच्चै भन्ने हो भने गीत गाउने रहर बच्चादेखि नै थियो, गीत गुन्गुनाइ पनि रहन्थेँ । तर गीत रेकर्ड गराउने मौकाचाहिँ ढिलो भएको मात्र हो ।

तपाईँ इन्जिनियर पढिरहेको विद्यार्थी बीचैमा छाडेर पत्रकारिता पढ्नुभयो किन ?
म थापाथलीमा इन्जिनियरिङ क्यापसमा पढिरहेको थिएँ । यसै बीचमा मैलै रेडियोमा काम गर्न मौका पाएँ । काम गर्दै जाँदा मलाई यो क्षेत्रप्रति आकर्षण बढ्यो, यतिले पुग्दैन यो क्षेत्रमा भनेर पत्रकारिता पढेको हुँ । किनभने, जुन क्षेत्रमा आफू जाने हो, त्यसमा दक्ष हुनुपर्ने भएकोले पत्रकारिता पढेको हुँ । हाल यसै विषयमा मास्टर गर्ने योजना पनि छ ।

मिडियामा के ‘चाम’ देख्नुभएको छ ?
जब मैलै रेडियोमा काम गरेँ, टेलिभिजनहरुको रमाइलो कार्यक्रमहरु हेर्थेँ, त्यतिबेला बेग्लै आनन्द लाग्थो । सेलीबे्रटीहरुलाई दैनिक भेट्थे । यही ‘चाम’ले मलाई तानेको हो भन्दा फरक पर्दैन । म मात्र होइन सायद मिडिया क्षेत्र मन नपराउने मान्छे कमै होलान् । आज यही मिडिया क्षेत्रमा नाम चलेका व्यापारी, बैंकर्सहरु पनि युट्बमा आएका छन् ।

आजभोलि चाहिँ केमा व्यस्त हुनुहुन्छ ?
आफ्नै कार्यक्रमहरुमा व्यस्त छु । नयाँ गीत रेकर्ड गराउने तयारीमा छु र यही क्यारिकेचर गर्ने कामको अफरहरु पनि धैरै आइरहन्छन् ।

भविष्यमा आफूलाई कुन रुपमा स्थापित गराउन चाहनुहुन्छ ?
राम्रो पत्रकारिता गर्ने र मिडिया क्षेत्रमा आफूलाई अव्बल राख्ने प्रयास गर्ने सोच छ ।

एउटा महिलालाई घरभित्र र बाहिरको काम गर्न कतिको सहज हुन्छ ?
घरपरिवार हेरेर हुन्छ । मेरो विचारमा कतिलाई घरपरिवार सबैबाट धैरै सपोर्ट गर्छन् । कतिलाई गाह्रो छ । यसका बाबजुद पनि धैरै महिलाहरु अघि बढेका छन् । नाम, दाम, शान पनि कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्