Logo
Logo

प्रकाश पुरीले ल्याए ‘दोलालघाटको पुल तरेर’



काठमाडौं । एक सयभन्दा बढी गीत सिर्जना गरिसकेका प्रकाश पुरी राम्रो संगीतकार पनि हुन् । दुई दर्जन जति गीतमा उनी आफैँले स्वर दिएका छन् ।

उनै प्रकाशले पछिल्लो समय ‘दोलालघाटको पुल तरेर’ बोलको गीत गाएका छन् । उक्त गीतमा प्रकाशसँगै सावित्री केसीले स्वर पनि साथ दिएकी छन् । रामकुमार नेपालीको संगीत र देव पुरीको शब्द रहेको यस गीतको भिडियोमा विद्या कार्की र राजन पुरीले अभिनय गरेका छन् । यस भिडियोका लागि राजन पुरीले आफ्नो कपाल खौरेका छन् ।

निरेन श्रेष्ठको निर्देशन रहेको यस भिडियोमा छायांकन मरुभुमि नारायण र सम्पादन अमृत चापागाईंले गरेका हुन् । यो भिडियो हालै शुभसाईत म्युजिकको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्