Logo
Logo

राप्रपा संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बजेट अधिवेशन यहि शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्