Logo
Logo

कोशीमा सरकार बनाउन प्रदेश प्रमुखलाई एमाले र माओवादीको दबाव



काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सरकार गठनको प्रक्रिया अघि बढाउन कोशी प्रदेश प्रमुखलाई दबाब दिने निर्णय गरेका छन् ।

बुधबार बिहान विराटनगरमा एमाले र माओवादी केन्द्रका नेताहरूको छलफलले कोशीमा नयाँ सरकार बनाउन प्रदेश प्रमुखलाई दबाव दिने निर्णय गरेको हो ।

छलफलपछि एमाले संसदीय दलका नेता हिक्मत कार्की प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेट्न प्रदेश प्रमुखको कार्यालय गएका छन् ।

कोशीमा मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा रहेको र उनले राजीनामा दिनुपर्ने या विश्वासको मत लिनुपर्ने भन्दै यसअघि नै संकल्प प्रस्ताव पेस गरिएको थियो ।

तर मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा नदिने र विश्वासको मत पनि नलिने बताएका छन्। उनले जबरजस्ती हटाइए अदालत जाने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्