Logo
Logo

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन ।
सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदको वैशाख २८ गतेदेखि सुरू हुने अधिवेशन लगायतबारे छलफल हुने बताए । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्‍दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्