Logo
Logo

गम्भीर तथा घातक रोग लागेका बाहेक सबै शिक्षकको काज फिर्ता हुने



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररत बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकको काज सरुवा फिर्ता गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षकलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

यसअघि शिक्षा मन्त्रालयले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्