Logo
Logo

सरकारको नीति तथा कार्यक्रम वैशाख ३० मा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही महिना ल्याउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम यही वैशाख ३० गते प्रस्तुत गर्न लागेको स्रोतले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ । त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ ।

संसदमा नीति तथा कार्यक्रम सरकारका तर्फबाट राष्ट्रपतिले प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारको नीति तथा कार्यक्रम वैशाख दोस्रो हप्ता नै संकलन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्