Logo
Logo

कांग्रेस संसदीय दलको बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित गरिएको छ । केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको आज अन्त्येष्टि गरिने भएकाले बैठक भोलि बिहानलाई सारिएको कांग्रेसले जनाएको छ ।

गुरुङको दुई दिनअघि निधन भएको थियो । कांग्रेसले आज १ बजे संसदीय दल कार्यसमिति र २ बजे संसदीय दलको बैठक राखेको थियो । बैठक भोलि बिहान ८ र साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्