Logo
Logo

‘युक्पुङ’ बिग मुभिजमा शनिबार प्रदर्शन हुँदै



काठमाडौं । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ यो बैशाख २९ गते शनिबार कमलपोखरीस्थित बिग मुभिजमा विशेष प्रदर्शनी हुँदैछ । मोफसलका विभिन्न सहरमा प्रदर्शनपछि यो वस्तीको कथा बोकेको चलचित्र काठमाडौंमा प्रदर्शन हुन लागेको हो ।

चलचत्रि ‘युक्पुङ’को गीत र ट्रेलरले हाल चर्चा बटुलिरहेको छ । नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘युक्पुङ’लाई दिनेश माङ्मुले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशन र कोरियोग्राफी गर्दै आएका दिनेश माङुमुको ‘युक्पुङ’ डेब्यू चलचित्र हो । निर्देशक माङ्मुका अनुसार चलचित्र ‘थुक्पुङ’मा एउटा बस्तीको कथा रहेको छ ।

‘युक्पुङ’को गीतमा मदन वनेम र यासेली योङहाङको शब्द रहेको छ भने पाश्र्वसंगीत मदन वनेमकै रहेको छ । यसअघि यो चलचित्र धरान, झापा, मोरङलगायतका पूर्वका मुख्य शहरहरुमा प्र्रदर्शन भइसकेको छ । ती स्थानहरुमा दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

चलचित्रमा सहरबाट अध्यापनका लागि गाउँ पुगेका एक शिक्षक, जो मातृभाषा र पालाम बुझ्दैनन् । तिनै शिक्षित युवा र गाउँबस्तीमा हुर्केकी अनपढ तर मातृभाषा र मौलिक संस्कुतिप्रति जागरुक युवतीबिचको प्रेम र संघर्षलाई ‘युक्पुङ’मा कथानक रुपमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा बिष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको छ ।

यस चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ ‘कमला’, मदन वनेम, डीबी लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टीआर सेनेहाङ, रबि किरण मादेन लगायतले अभिनय रहेको छ ।

नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा ९सियेम०, इन्दु लावती र ममता यक्सोको निर्माण रहेको चलचित्र ‘युक्पुङ’मा रविन्द्र बरालको छायाँकन, राजु घिमिरेको मुख्य–सहायक निर्देशन र तारा शर्माको शृँगार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्