Logo
Logo

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित



काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा उनको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यादव विदेश हुँदैमा उनी नेतृत्वको जसपा नेपाल विभाजित भएको थियो । आइतबार अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको थियो ।

यादव विदेशमै रहेको बेलामा राईको नेतृत्वमा जसपा नेपाल विभाजित हुँदा यसमा सत्तारुढ एमाले र माओवादी केन्द्रको हात रहेको आरोप लाग्दै आएको छ ।

यस्तैमा यादव आजको मन्त्रिपरिषद् बैठकमा समेत अनुपस्थित बनेका हुन् । यादव बैठक छाडेर पार्टी कार्यालयमै नेता तथा कार्यकर्तासँग भेटघाटमा रहेको एक नेताले बताए । यादवबिनैको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्