Logo
Logo

चलचित्र ‘सुगुप’ शनिबार विर्तामोडमा प्रदर्शन गरिँदै



काठमाडौं । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सगुप’ शनिबार अर्थात यही बैशाख २९ गते झापाको बिर्तामोडस्थित पाथिभरा सिनेप्लाजामा प्रदर्शन हुने भएको छ । नुमाज बुटिकको आयोजना र किरात याक्थुङ चुम्लुङ बिर्तामोड नगर समितिको सहआयोजनमा यो चलचित्र विर्तामोेडमा विशेष प्रदर्शन हुन लागेको हो । विर्तामोडपछि यो चलचित्र विश्वभरी प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ ।

चलचित्र निर्देशक लोकेन साँवा लिम्बूले भने, ‘दर्शकको अनुरोधमा सुगुप विर्तामोडमा प्रदर्शन गर्न लागिएको हो । विर्तामोडपछि सुगुप विश्वभर प्रदर्शन गर्दैछौँ ।’ यसअघि यो चलचित्र काठमाडौंलगायत मोफसलका धरान, झापा, विराटनरसहितका मुख्य सहरहरुमा प्रदर्शन भइसकेको छ । साथै, सुगुपले हङकङमा समेत राम्रो प्रतिक्रिया पाएको थियो ।

अब यो चलचित्र क्यानडा, दक्षिण कोरिया, भारत, बेलायत, जापान, साइप्रस, अमेरिका, सिंगापुर, जर्मन, पर्चुगल, दुबई, मलेशिया, बराइन लगायतका देशका चाँडै प्रदर्शन हुने निर्देशक लोकेनले जानकारी दिए । उनले भने, ‘अहिले यी देशहरुमा कुरा भइरहेको छ भने अधिकांश देशमा सुगुप प्रदर्शनका लागि निश्चित भइसकेको छ ।’

चलचित्र ‘सुगुप’मा लिम्बू समुदायमा प्रसव पीडा अर्थात सुत्केरी ब्यथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा मृत्यु हुने महिलाको कथालाई उजागर गरिएको छ । लिम्बू समुदायमा ‘सुगुप’ भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्यभन्दा अलग छ । सोही विषयलाई चलचित्र ‘सुगुप’मा उठान गरिएको छ ।

चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबिता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, नीता लिम्बू, पन्ना आङबो, एमके योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पन्धाक, युवराज इस्बो, थानाहाङ तिगेला लगायतका कालाकारको अभिनय रहेको छ ।

यस चलचित्रको गीतमा शब्द यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङ, संगीत अशोक लोहरुङ राई, स्वर राजेशपायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बू, मनु नेम्वाङ र सुमन लिम्बूको रहेको छ ।

यस्तै, चलचित्रमा पटकथा देवेन्द्र खापुङ (सुर्केली), छायाँकन युवराज राई, सम्पादन विपिन्न मल्ल र कलरिष्ट रेनिश फागो रहेका छन् । चलचित्रको प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिनकुमार नाल्बो लिम्ब, शैलेन्द्रकुमार नाल्बो र दिलमाया लाबुङ नाल्बो रहेका छन् । चलचित्रमा एलपी साँवा लिम्बू र मनिषा सुब्बा नाल्बोको सह निर्माण रहेको छ ।

कमल राईको नृत्य निर्देशन रहेको यस चलचित्रमा द्वन्द किशोर सम्बाहाङ्फे, कला निर्देशन निश्चल कुलुङ राई, मेकअप विजय लामा, सञ्जु थलङ र भेषभुषा बबिता नेयोङहाङको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्