Logo
Logo

काभ्रेमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटियो



काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला भेटिएको छ । शुक्रबार बिहान पाँचखाल नगरपालिका– ४ फेदी र जिरोकिलोको बीचमा पूर्ण रुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए ।

उनका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइको अवस्थामा शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन । जलेको शव पुरुषको रहेको र करिब २५ वर्ष उमेरको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा कुकुरसहितको प्रहरीको अनुशन्धान टोली काठमाडौंबाट ल्याएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा हत्या गरेको देखिएपनि थप अनुसन्धानपछि सत्यतथ्य थाहा हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्