Logo
Logo

कांग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न नरोक्ने



काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई संसद बैठकमा बोल्न दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । त्यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीको हैसियमा नभएर रास्वपा सभापतिको हैसियतमा बोल्न दिने निर्णय भएको एक नेताले बताए । ती नेताले भने, ‘गृहमन्त्रीका रुपमा नभएर रास्वपा सभापतिको रुपमा बोल्न नरोक्ने बैठकमा निर्णय भएको छ ।

यसअघि कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्