Logo
Logo

संसद बैठकअघि एमाले दलको बैठक बस्दै



काठमाडौं । संसद बैठकअघि नेकपा एमालेले संसदीय दलको बैठक बस्ने भएको छ । संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार अहिले साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरी बैठक बोलाइएको छ । बैठकमा दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको सांसदहरूले बताएका छन् ।

संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदैछ । जसअनुसार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्