Logo
Logo

सहकारीको विषयलाई लिएर संसदमा कांग्रेसको बखेडा



काठमाडौं । सहकारी ठगीको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले शुक्रवार भएको प्रतिनिधिसभाको बैठकमा बखेडा झिकेको छ ।

सहकारी ठगीमा गृहमन्त्री रबि लामिछाने लगायत विभिन्न व्यक्तिहरूको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिन समिति गठन गर्नुपर्ने माग सहित संसदमा अवरोध खडा गरेको छ ।

सभामा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर नाराबाजीसहित विरोध गरेका हुन् ।

प्रतिनिधिसभा बैठक २ घण्टा ढिला गरी सुरु भएको थियो । दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ बजे बस्नुपर्ने बैठक ४ बजेदेखि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्