Logo
Logo

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठक २ घण्टा ढिला गरी सुरु भएको थियो । दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ बजे बस्नुपर्ने बैठक ४ बजेदेखि सुरु भएको हो ।

सहकारी ठगीको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले चर्को नाराबाजी गर्न थालेपछि सभाको बैठक सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

सहकारी ठगीमा गृहमन्त्री रबि लामिछाने लगाएत विभिन्न व्यक्तिहरूको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्