Logo
Logo

साइमेक्स् इन्कले गर्यो ‘नेपाली अब युरो कपमा’ योजनाको विजेता घोषणा 



काठमाडौं । साइमेक्स् इन्क प्रा.लिको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको ‘नेपाली अब युरो कपमा’ योजना अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा गरेको छ । 

विजेताले जर्मनीमा हुने युइफए युरो कप २०२४ खेल मैदानमा उपस्थित भइ प्रत्यक्ष खेल हेर्ने मौका पाउने कम्पनीले जनाएको छ । अत्यन्तै रोचक रहेको आयोजनाका विजेतालाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।  साइमेक्स् इन्क प्रा.लिले फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्नेहरु मध्ये ११ जना भाग्यशाली ग्राहकलाई लक्की ड्रबाट विजेता घोषित गरेको थियो ।

बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले र साइमेक्स् इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्र कार्यक्रम गरेका थिए । दुई चरण गरी लक्की ड्रबाट निकालिएका बिजेताको नामावली अनुसार पहिलो चरणका बिजेताहरु मध्ये जयराम न्यौपाने, शास्वत गौतम, श्याम सुन्दर श्रेष्ठ/सुदर्शन श्रेष्ठ, बिजेन्द्र शाक्य, कबिनराज श्रेष्ठ, दिनेश प्याठा लगायतका छन् ।

यस्तै दोस्रो चरणका बिजेताहरुमा, गणेश कँडेल, ममता क्षेत्री/जगदीश तिमिल्सिना, प्रदीप पौडेल सगरमाथा टेलिभिजन/ बिमल गुरुङ, जयप्रकाश दास, सजिना पाण्डेय लगायत छन् ।  कम्पनीका अध्यक्ष समीर श्रेष्ठले ११ जना भाग्यशाली विजेतालाई बधाई तथा शुभकामना दिएका छन् । उनले यस्ता योजनाहरुले ग्राहकवर्गलाई सन्तुष्टि प्रदान गर्ने र खेलकुदप्रतिको समर्थन र प्रतिबद्धतामा जोड दिने विश्वास गरे ।

अध्यक्ष श्रेष्ठले योजनालाई सफल बनाउने बिवाइडी र सम्पूर्ण युइफए युरो कप २०२४का टिमलाई धन्यवाद दिए । यो योजना अत्यन्तै महत्त्वपूर्ण रहेको साइमेक्स् इन्क प्रा.लिले जनाएको छ ।

विद्युतिय सवारीसाधन उद्योगमा निरन्तर नवीनतम प्रविधिको साथ उत्कृष्ट सुविधा प्रदान गरिरहने बिवाइडीको लागि यसले फुटबल खेलको नजरबाट मात्र नभइ आफ्ना ग्राहकको लागि असाधारण मूल्य प्रदान गर्ने, कम्पनीको समर्पणलाई पनि बलियो रुपमा स्थापित श्रेष्ठको जोड छ । नेपाली अब युरो कपमा योजनाका विजेताहरुलाई साईमेक्स् इन्कप्रा. लिले व्यक्तिगत रुपमा सम्पर्क गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्