Logo
Logo

श्रीमतीको अश्लील भिडियो सार्वजनिक गर्ने श्रीमान् पक्राउ


567
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा मकवानपुर छतिवन बकैया गाउँपालिका–७ चुलुङ्गा घर भई काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने पीडितकै श्रीमान् २४ वर्षीय पुरूषलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगारीमा रहँदा वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमान्÷श्रीमती बिचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विर/भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई चरित्र हत्या गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा ती पुरूषको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । 

उनी उपर विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्