Logo
Logo

डा. भगवान कोइरालाको निर्माणाधीन बाल अस्पताललाई मीनबहादुरले ४१ करोड दिने



काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा। भगवान कोइरालाले बनाउन लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले देशका सातवटै प्रदेशमा निर्माण गर्न लागेको बाल अस्पतालका लागि गुरुङले शुक्रबार हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेर ४१ करोड रुपैयाँ सहयोग घोषणा गरेका हुन् ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बनाइँदैछ । निर्माणाधीन उक्त अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने घोषणा गरेका हुन् ।

डा। कोइराला नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र फरक शैलीमा सबै प्रकारका बालरोगक विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणमा जुटेका छन् ।

गुरुङले ठूलो सहयोग रकम घोषणा गरेपछि डा। कोइराला पैसा नै नहुँदा पनि थालेको प्रोजेक्टलाई यति ठूलो रकम सहयोग घोषणा हुँदा खुसीको बर्णन गर्न नसकेको बताए । उनले यो सहयोगबाट अस्पतालको परिकल्पना चाँडै साकार हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्