Logo
Logo

देशभर बदली, कोशी, गण्डकी र सुदुरपश्चिममा वर्षा


630
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपासको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ भने कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ ।

यस्तै, शनिबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिक देखि साधारणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा पनि राति हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्