Logo
Logo

‘लण्डन टू पेरिस’को टिजरमा रोमान्टिक साम्राज्ञी


378
Shares

काठमाडौं । फिल्म ‘लण्डन टू पेरिस’को टिजर सार्वजनिक भएको छ । घनश्याम लामिछानेको निर्देशन रहेको यो फिल्ममा प्रदीप भारद्वाजको लेखन छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ ।
ट्रेलर हेर्दा फिल्ममा चुम्बन र बेडसिन भरिभराउ देखिएको छ । फिल्ममा साम्राज्ञी र निश्चललाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । साजु चन्द्रनको सम्पादन रहेको यो फिल्ममा अवेद पाराव र कुनाल कदमको छायांकन छ ।

जेठको २५ गतेबाट रिलिज हुने फिल्मले प्रेमको कथा भन्ने वुझिएको छ । तर, गीतपछि सार्वजनिक भएको टिजरले पनि दर्शकलाई प्रभावित बनाउने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्